Logo

काठमाडौं उपत्यकामा अहिलेसम्मकै सर्वाधिक ३७७ कोरोना संक्रमित



काठमाडौं, ११ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन  ३ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ११ सय  ११ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ३ सय ७७ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले   १२ हजार  ६ सय  २९ जनाको पिसीआर परिक्षण गरेकोमा ११ सय  ११ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  ५६९ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २० हजार  ७३ रहेको छ । काठमाडौं  उपत्यकामा ३७७ थपिएका मध्ये काठमाडौंका  २७० जना र ललितपुरका ६६ जना र भक्तपुरका   ४१ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३५ हजार  ५ सय २९पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्