Logo

जुवाडे पक्राउ



कास्की, ११ भाद्र । तास खेलिरहेको अवस्थामा जिवन नेपाली लगायत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पोखराको कदम मार्ग बस्दै आएका देबिलाल तिमिल्सिनाको कोठामा तास खेलिरहेको अवस्थामा मियापाटनका नेपाली लगायत ५ जना पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलीरहेको अवस्थामा १ लाख ३६ हजार १ सय ७० रुपैयाँ नगद र तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्