Logo

लागूऔषध सहित पक्राउ



नवलपरासी (पूर्व) ११ भाद्र । नियन्त्रित लागूऔषध सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । गैंडाकोट नगरपालिका मौलाकालिका गेट नजिकबाट नियन्त्रित लागूऔषध २ एम्पुल नुर्फिन, २ एम्पुल फेनारागन र २ एम्पुल डाइजेपाम सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा चितवन कालिकाका सुवास श्रेष्ठ र भरतपुरका ध्रुव श्रेष्ठ रहेका छन् । ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध सहित फेला परी पक्राउ गरेको जनाएको छ ।

घटनाको थप अनुसन्धान गर्ने क्रममा उनीहरुले गैंडाकोट नगरपालिका मौलाकालिका गेट नजिक बिजुलीको पोलको साइडमा लुकाई छिपाई राखेको अवस्थामा ६६ एम्पुल नुर्फिन समेत फेला पारी प्रहरीले बरामद गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्