Logo

अनुष्का शर्मा र विराट कोहली बाबु आमा बन्दै



एजेन्सी, ११ भाद्र । बलिउडमा एक राम्रो खबर आएको छ । अभिनेत्री अनुष्का शर्मा गर्भवती भएकी छिन् । बिहीबार अनुष्का र विराटले सामाजिक सञ्जाल मार्फत यो खुशीको खबर सेयर गरेका हुन् । उनीहरुले खुशी सेयर गरे लगत्तै शुभकामना र बधाईको क्रम चलिरहेको छ । केही कलाकार र साथीहरुले अनुष्का र विराटको जीवनमा नयाँ च्याप्टर सुरु गरेकोमा बधाई दिएका छन् ।

अनुष्काले विराटको साथमा सेयर गरेको तस्वीरमा उनले कालो रंगमा सेतो डट्स भएको टिर्शट लगाएकी छिन् । दुवैजना निकै खुशी देखिएका छन् । अनुष्काको बढ्दै गएको पेट स्पष्ट देख्न सकिन्छ । क्याप्सनमा लेखेकी छिन्, ‘अब हामी तीन हुनेछौ । जनवरी २०२१ मा आउनेछ । ’ विराट अहिले आइपिएल २०२०को लागि युएईमा छन् ।

उनीहरुलाई सबैभन्दा पहिला बधाइ दिने अभिनेता वरुण धमल थिए, उनले अनुष्कासँग सुई धागामा काम गरेका थिए । वरुणले लवमा इमोजी बनाएर आफ्नो भावना पोखेका थिए । त्यस्तै केएल राहुल, आलिया भट्ट, प्रियंका चोपडा, सामंता प्रभु, तापसी पन्नु, काजल अग्रवाल, कियारा आडवाणी, परिणिती चोपडा, मोनी राय आदी धेरैले अनुष्का र विराटलाई बधाई दिएका थिए ।

केहि समयको प्रेमलाई २०१७ को डिसेम्बरमा अनुष्का र विराटले विवाह परिणत गरेका थिए । उनीहरुले लकडाउनको समय फार्म हाउसमा बिताएका थिए । जहाँ अनुष्काको माता र पिता पनि सँगै थिए । शाहरुख खानको फिल्म जीरोमा २०१८ मा देखिएकी अनुष्का त्यसयता भने फिल्म खेलेकी छैनन् । उनी आफैले बनाएको ‘बुलबुल’भने यसै वर्ष रिलिज भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot