Logo

मंगलवारको दिन गर्न नहुँने यी काम गरे अकल्पनीय घटना हुने विश्वास



मंगलबार खास त भगवान हनुमानको पुजा गर्ने दिन हो । यसदिनमा बजरंगबलीको पुजा गर्छन् । खासगरी जसको कुन्डलीमा मंगल दोष हुन्छ उनीहरुलाई मंगलवारले दिन धेरै महत्व राख्छ । यस दिनमा हनुमानको पुजा इत्यादी गरेर जिन्दगीमा आउने बाधालाई हटाउन सकिन्छ । आज हामी मंगलवार कुन काम गर्ने वा नगर्ने त्यसको बारेमा चर्चा गर्छौ ।

  • महाभारतमा पनि मंगलबार दारी काट्नु हुन्न भनिएको छ । यस दिनमा दारी काटेमा अशुभ हुने, आफ्नो मृत्युलाई निम्ता दिने र मंगल दोष पनि लाग्न सक्छ । त्यसैले यो बार दारी काट्नु हुँदैन ।
  • दारीसँगै मंगलबार बढेको नङ पनि काट्नु हुँदैन । यसलाई पनि अशुभ मानिएको छ ।
  • मंगलवारको दिनमा मासको दालको सेवन गर्नु हुँदैन । किनकी मासको सम्बन्ध शनिसँग हुन्छ । यसदिनमा मासको दाल सेवन गरेमा शनि र मंगलको संयोगबाट स्वास्थ्यमा नोक्सान पुग्नेछ ।
  • मंगलबार माछाको पनि सेवन गर्नुहुँदैन । यो दिनमा माछाको सेवनबाट बच्चुपर्छ । यसदिनमा माछा खाएमा वा खरिद गरेमा पैसा पानी जस्तै बगेर सकिन्छ ।
  • खाने चीजको साथसाथै मंगलवारको दिनमा श्रृंगारका सामान पनि खरिद गर्नबाट जोगिनु पर्छ । यसले वैवाहिक सम्बन्धमा दरार ल्याउने खतरा बन्न सक्छ । श्रृंगारको सामान खरिद गर्न सोमबार र शुक्रवारको दिन राम्रो मानिएको छ ।
  • मंगलवार रातो रंगको कपडाको प्रयोग गर्नुपर्छ । यसदिनमा कालो रंगको कपडा लगाउनु हुँदैन ।
  • यसदिनमा आफु भन्दा ठुला दाईसँग झगडा गर्नु हुँदैन, किनकी मंगल ग्रहको सम्बन्ध ठुलो दाईसँग जोडिएको मानिन्छ । ठुलो दाईसँग विवाद गर्दा मंगल खराब हुने भएकाले भाईको दुर्घटना र कष्टको सामना गर्नुपर्ने हुन्छ ।
  • मंगलबारको दिन जमिन खन्नु हुँदैन, किनकी जमिनलाई मंगलपुत्र मानिएको छ । यसैले मंगलबार घरको जग राख्नुको लागि अशुभ मानिन्छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्