Logo

तरकारीबाट लागतै उठ्दैन



इलाम, १२ भाद्र । बर्खाको मौसम र प्रशस्त तरकारी उत्पादन हुने बेलामा किसानले आफ्नो उत्पादनको मूल्य नपाउँदा आफू मर्कामा परेको गुनासो गरेका छन् । बर्खाका बेला बारीमा उत्पादन भएका काँक्रा, इस्कुस, अकबरेलगायतका उत्पादनको मूल्य नपाएपछि यहाँका किसान समस्यामा परेका हुन् ।

कोरोनाका कारण बजार सहज नहुँदा यो वर्ष तरकारीको लगानी पनि नउठ्ने अवस्था रहेको किसान बताउँछन् । सधैँ घरबाटै ५०÷६० रुपियाँ प्रतिगोटा बिक्री हुने काँक्रा यो वर्ष दस रुपियाँका दरले पनि बिक्री गर्न गाह्रो छ, माईजोगमाई गाउँपालिका सोयाङका किसान महेन्द्र चापागाईंले भन्नुभयो, “गाउँमा तरकारीको उत्पादन राम्रो छ, बजार पठाउनै समस्या छ । ”
विगत वर्षहरूमा यो सिजनमा ४०० रुपियाँ प्रतिकिलो सम्म खरिद बिक्री भएको अकबरे यो वर्ष गाउँमा १५० रुपियाँदेखि २०० रुपियाँ प्रतिकिलो मात्र छ । तीन वर्षयता अकबरे खेती गर्दै आएका सोयाङकै अर्का किसान श्याम न्यौपाने बजार समस्या भएको बताउनुहुन्छ ।

गत वर्ष १५ क्विन्टल अकबरे बिक्री गर्नुभएका न्यौपानेले यो वर्ष पनि १० क्विन्टल अकबरे उत्पादन हुने अनुमान रहेको बताउनुभयो । यो वर्ष त व्यापारीले जति रुपियाँमा माग्छ, त्यतिमै दिनुपर्छ, आफैँ लगेर बिक्री गर्न सकिएन, न्यौपानेले भन्नुभयो, “एक हजार ५०० बिरुवा लगाएको थिएँ, बोट सुक्ने रोगले अलिअलि बिगा¥यो, राम्रो भएर फलेको पनि फ्याँकेसरह दिनुपर्छ, लागत उठाउनै नसकिने भयो । ”

पाँच वर्षयता काँक्रा तथा बर्खे तरकारी खेती गर्दै आउनुभएका इलाम नगरपालिका–५, बरबोटेका किसान हुतराज सापकोटाले पनि यो वर्षको काँक्रालगायतका तरकारी बिक्री गर्न निकै समस्या झेल्नुपरेको बताउनुभयो । सदरमुकाम नजिकै भए पनि काँक्राले राम्रो भाउ पाउन नसकेको उहाँको भनाइ छ । तीन सय झ्याङ काँक्रा लगाएको थिएँ, फल राम्रो लाग्यो, बिक्री गर्ने समयमा लकडाउनले सहज ढङ्गले बजार पु¥याउन सकिएन, सापकोटाले भन्नुभयो, यो वर्ष नाफा कमाउन होइन, लगानी उठाउनै समस्या भएको यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्