Logo

राजस्व संकलनमा पुनः असर



काठमाडौं, भदौ १२ । चारमहीने बन्दाबन्दी खुलेयता सुध्रिएको सरकारको राजस्व संकलनमा पछिल्लो निषेधाज्ञाका कारण पुनः संकुचन आएको छ ।

सरकारले साउनको पहिलो साताबाट बन्दाबन्दी हटाएसँगै चालू आर्थिक वर्षको पहिलो महीना राजस्व असुली लक्ष्यनजीक पुगेको थियो ।

तर, राजधानी काठमाडौंसहित मुलुकका प्रमुख व्यापारिक तथा औद्योगिक केन्द्रहरू अहिले निषेधाज्ञामा रहेकाले राजस्व संकलन खस्किएको राजस्व प्रशासनका अधिकारीहरू बताउँछन् ।

निषेधाज्ञा अघिसम्म दैनिक २ अर्ब रुपैयाँसम्म पुगेको राजस्व संकलन अहिले स्वात्तै घटेको छ । आन्तरिक राजस्व विभाग र भन्सार विभागअन्तर्गतका कार्यालयहरूबाट अहिले दैनिक १ अर्बसमेत राजस्व उठ्न सकेको छैन ।

भदौ ११ गतेसम्म जम्मा ५ अर्ब ५१ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ, जुन लक्ष्यभन्दा धेरै न्यून हो ।

भदौ ३ गते १ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन भएकोमा निषेधाज्ञापछि भदौ १० मा सरकारले रू। ८१ करोडमा चित्त बुझाउनु परेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्