Logo

आज भारी बर्षाको सम्भावना



काठमाडौं, भदौ १२। हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । साथै भारतको छत्तीसगढ राज्य तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम(उत्तरपश्चिम दिशा तर्फ सर्दै गएको देखिएको छ ।

सोहि प्रभावका कारण विहिबार देश भर सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ। शुक्रबार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै रातीसम्म बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्