Logo

उपत्यकामा एक घण्टामा १० जना कोरोना संक्रमित थपिदै



काठमाडौं, भदौ १२ । नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रुपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् ।योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय पुगेको छ ।

संक्रमणको दृष्टिकोणले काठमाडौं उपत्यका थप जोखिममा छ । निषेधाज्ञाको बेला काठमाडौं उपत्यकामा दैनिक झण्डै २ सय जना संक्रमित थपिने गरेका छन् ।

पछिल्लो एक सातालाई आधार मान्दै काठमाडौं उपत्यकाभित्र प्रत्येक एक घण्टामा १० जनामा कोरोना संक्रमण देखिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्