Logo

अब मैले केपी ओलीलाई साथ नदिएर कसलाई साथ दिने त ? : योगेश भट्टराई (भिडिओसहित)



काठमाडौं, १२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ नदिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ दिनु त ? भन्दै प्रश्न तेर्साएका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकार धमलाले तपाईले माधव नेपालको साथ छोडेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई किन साथ दिनुभयो त ? भनेर सोधेको प्रश्नमा उनले भने,’अब मैले केपी ओलीलाई साथ नदिएर यो संसदीय पोलिटिक्समा शेरबहादुर देउवालाई साथ दिन त मिलेन नि ? म त केपी ओलीको पार्टीको स्थायी कमिटी सदस्य हुँ । नेकपाको मन्त्री हुँ । त्यो पार्टीको सदस्य हुँ । मैले उहाँलाई साथ दिन्छु नि ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot