Logo

झारफुकको बहानामा मन्दिरका पुजारीद्वारा दुई महिला बलात्कृत



बाँके, १२ भाद्र । झारफुक गर्ने बहानामा दुई महिलामाथि बलात्कार भएको छ । त्यो पनि जबरजस्ती मन्दिरका पुजारीबाट । ती पुजारी पक्राउ परेका छन् । डुडुवा गाउँपालिका कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी नजिर महमदलाई ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बाहानामा बोलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

महमदले ती महिलाहरूलाई झारफुक गर्ने बहानामा बुधबार मन्दिरको कुटिमा बोलाई जबरजस्ती करणी गरेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्