Logo

मौनी रायका ग्लैमरस तस्वीरहरु



एजेन्सी, १२ भाद्र । मौनी राय टेलिभिजनदेखि बलिउड सम्म प्रख्यात छिन् । पछिल्लो समयमा उनी सामाजिक सञ्जालमा झनै सक्रिय छिन् । केही समय यता मौनीले आफ्नो तस्वीरले आफ्ना शुभचिन्तक र साथीहरुलाई मोहित बनाएकी छिन् । भर्खर मात्र अभिनेत्री मौनीले आफ्ना तस्वीर इन्स्टाग्राममा राखेकी छिन् जुन उनका तस्वीर हेरेर धेरै मानिसहरु पागलै भएका छन् ।

यी तस्वीरमा मौनी बगैचामा फोटोसुट गराएकी छिन् । सेतो रंगको आउटफिटमा रहेकी मौनीको स्टाइल हेर्न निकै हेर्न लायकको छ । मौनीले फुलकोबिचमा फोटो खिचाएकी देख्न सकिन्छ ।तस्वीरमा मौनी राय बगैचामा किताब पढ्दै गरेको जबरजस्त पोज दिएको सामान्य रुपमा बुझ्न सकिन्छ ।

मौनी रायको तस्वीरलाई कमेन्ट गर्दै एक फ्यानले लेखेका छन्, तपाइँ फुल भन्दा पनि धेरै सुन्दर हुनुहुन्छ । त्यस्तै अर्का एकजनाले लेखेका छन्, कस्तो राम्री देखिएको किनै सुन्दर । उनको यी तस्वीरलाई साथीले मात्र नभएर बलिउड र टिभीका कलाकारहरुले पनि मन पराएका छन् । अक्षय कुमारसँग गोल्ड बाट बलिउडमा प्रवेश गरेकी मौनी राय छिट्टै नै फिल्म ‘ब्रहास्त्र’ र ‘मुगल’मा देख्न सकिनेछ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot