उज्जल धमला ‘बिबस’ : २०७६ चैत ११ गतेदेखी सुरु भएको लकडाउन असार १ गतेदेखि थप गरेको सुचना आउन छाड्यो । साउन ७ गतेदेखि सरकारले लकडाउन समाप्त भएको घोषणाको जनाकारी नै गरायो । यसबीच २०७७ बैशाख १५ गते राजपत्रमा सुचना प्रकाशित गरेर लकडाउन अबधिलाई सार्वजनिक बिदा कायम गरिएको थियो । यस अबधिमा सरकारी कार्यलय उधोग, व्यापार, शिक्षा, कुनैपनि क्षेत्र स्वभाबिक सञ्चालनमा आउन सकेन। असार १ गतेदेखि शैक्षिक प्रशासन खुल्यो, तर शिक्षकहरु सामु लकडाउन अबधि २०७७ जेठ मसान्त सम्मलाई मान्ने कि साउन ६ लाई मान्ने भन्ने प्रश्न उठिरहेको छ ।
कोरना संक्रमणको दर बढेपछि पछिल्लो समय उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । देशको झन्डै आधाजसो जिल्लामा घोषित र अघोषित निषेधाज्ञा नै छ । यस्तो बेलामा पनि कोरना प्रभाब नभएका क्षेत्रका बिधालयमा कतिपय स्थानीय शिक्षकहरु हाजिर भैरहेकै छन् ।
कतिपय स्थानीय सरकारले असार १ पछि बिधालयमा हाजिर हुन सुचना जारी गरेपनि तिनले फेरि हाजिरी नहुनु भन्ने सुचनाचाँही जारि गरेका छैनन् । अन्योलको यो बेलामा कि त सबै शिक्षकहरुलाई यथोचित कामको जिम्मा दिनुपर्यो होइन भने फेरी पनि राजपत्रमा सार्वजनिक बिदाको सुचना प्रकाशित गरि शिक्षण संस्थालाई निशेधाज्ञाको अबधिभर सार्वजनिक बिदा भनिदिए ढु्क्क हुने थियो ।