Logo

म र उपप्रधानमन्त्री पोखरेलबीच केही पनि विवाद छैन : पर्यटनमन्त्री भट्टराई



संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले आफू र उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलबीच केही पनि विवाद नभएको स्पष्ट पारेका छन् । बाहिर आएजस्तो आफूहरुबीच केही पनि आरोपप्रत्यारोप नभएको उनको स्पष्टोक्ति थियो । शुक्रबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

तपाई र उपप्रधानमन्त्री ईश्वर पोखरेलबीचको विवादको चुरोकुरो के भयो ?

यसमा केही पनि चुरोकुरो छैन ।

किन छैन ? मन्त्रिपरिषदमा तपाईहरूबीच विवाद, द्वन्द्व भएको होईन ? आरोप प्रत्यारोप भयो, सबै कुरा बाहिर आइसक्यो नि ?

त्यो तहको विवाद गर्नुपर्ने अवस्था छैन ।

तपाईले प्लेन पठाउनुभयो, उपप्रधानमन्त्रीले मान्छे नल्याउनुहोस् भन्नुभयो, विवाद त सतहमा आईसकेको थियो नि ?

हामीले केही समयदेखि विदेशमा रहेका नेपालीहरूलाई घरमा फिर्ता गर्नको लागि कतिपय ठाउँहरूमा चाटर्ड उडानहरू गरेका छौँ । नेपाल वायुसेवा निगमले पनि गरेको छ । हिमालय एयरलाइन्सले गरेको छ । विदेशी एयरलाइन्सहरूले पनि गरेका छन् । त्यो अनुसार आजसम्म झण्डै ६०००० मान्छेहरू विदेशबाट नेपाल आउने क्रम भयो । त्यस्तै झण्डै २२ देखि २५००० मान्छेहरू नेपालबाट विदेश गए । यो चैत्र ११ गतेदेखि आजसम्मको कुरा । यो बीचमा कोरोना संक्रमण अलि ज्यादा बढ्यो । तराइका जिल्लाहरूमा अलिकति बढी हटस्पटको रूपमा संक्रमण बढ्यो । हाम्रो स्थानीय प्रशासनले पनि, सि.सि.एम.सीको बैठकले पनि यसमा अलिकति नियन्त्रण गर्नका लागि फेरि हामी एकपटक निषेधाज्ञाको मोडलमा जानुपर्छ भन्ने कुरा आयो । विदेशबाट आउनेहरूमा पनि त कोरोना संक्रमणको सम्भावना हुनसक्छ । त्यसकारण विदेशबाट आउनेहरूले पनि अलि सावधानीपूर्वक आउनुपर्छ भन्ने शिलशिलामा निर्धारित गरिएका केही उडानहरूलाई पनि केही समय रोक्ने कि भन्ने विषय सि.सि.एम.सीमा छलफल भयो ।

राजीनामा पनि मागिएको थियो नि उपप्रधानमन्त्रीको ?

त्यो तहको इस्यु होइन यो । यो कोभिड क्राइसिसको सन्दर्भमा आपतकालीन व्यवस्थापन गर्दा कहिलेकाही कमजोरी हुन्छ । यो सामान्य अवस्था होइन ।

यो सामान्य अवस्था होइनभन्दा पनि यो गम्भीर त्रुटि हो । आगामी दिनमा यस्तो किसिमको गल्ती दोहो¥याउन तपाईहरू तयार हुनुहुन्न ?

गल्ती दोहो¥याउनै हुँदैन नि ।

दोहोरिरहेको छ नि त ?

गल्ती दोहोरिनु हुँदैन । गल्तीबाट सिक्नुपर्छ । फेरि सच्च्याउनुपर्छ । अगाडि बढ्नुपर्छ । त्योभन्दा अर्को बाटो के हुन्छ र ?

अरू बेलामा भन्दा अहिले चाटर्डको नाममा दोब्बर भाडा लिन मिल्छ ?

अरू बेलामा पनि दोब्बर हुन्छ नि त । किन हुँदैन, चार्टर्ड उडानमा ?

चार्टर्ड उडान आजको आवश्यकता र बाध्यता हो नि ? किन दोब्बर भाडा लिने ?
सस्तोमा घाटामा लिएर आऊ भन्दा कुनै पनि एयरलाइन्स उड्दैन ।

एयरलाइन्सले जोखिम मोल्न सक्दैन, आजको अवस्थामा जनताको लागि ? गरिब जनतासँग पैसा लिनुहुन्न तपाईहरू ?

लिदैँनौँ । त्यस्तोमा सरकारले उद्धार गर्छ । यहाँ ल्याएर ७ दिन क्वारेन्टाइनमा सरकारको खर्चमा राख्छ । सरकारको खर्चमा पि.सि.आर गर्छ । सरकारको खर्चमा उहाँहरूलाई घरमा पठाउँछ । क्याटोगोरी छुट्याउनुस् । यदि तपाई प्रगतिशील सिस्टममा जाने हो भने हुनेसँग लिनुपर्छ, नहुनेलाई दिनुपर्छ । नहुनेलाई त राज्यले संरक्षण गर्ने हो । जो सक्छ, उसलाई किन गर्ने त ? हिजोको भन्दा १० देखि २० हजार टिकट महंगो भयो होला तर आजको परिस्थिति यो हो नि त । आज कसैले रेगुलर उडान गरेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot