Logo

नवलपुरमा फलाम उत्पादन तयारी



काठमाडौं, भदौ १३ । नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्ने तयारी द्रूत गतिमा अघि बढेको छ। सरकारले यसै वर्ष भण्डारण प्रमाणीकरण, सम्भाव्यता अध्ययनलगायत काम सक्ने तयारी गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र घिमिरेले धौवादी फलाम खानीबाट फलामको उत्पादन गर्न सकिने प्रमाणित भएकाले उत्पादनको गृहकार्य दु्रत गतिमा अघि बढेको बताए।

चीनको छेन्दुस्थित चाइना भूगर्भ सर्भे सेन्टरमा भइरहेको ‘मेटलोर्जिकल’ परीक्षणले नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने परीक्षणको भिडियो र तस्बिर पठाएको छ। विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण चीनमा भइरहेको परीक्षणको विस्तृत प्रतिवेदन आउन सकेको छैन।

धौवादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णदेव झाले विस्तृत प्रतिवेदन आइ नसके पनि परीक्षण सफल भएकाले उत्पादन गर्न सकिने बताए। परीक्षणका लागि गत आर्थिक वर्षमा फलामको कच्चा पदार्थ चीन पठाइएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्