Logo

क्वारेन्टिन होटल रित्तै



हेटौँडा, भदौ १३ । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी र निषेधाज्ञा जारी गरिएसँगै बन्द भएका हेटौँडाका पर्यटकीय होटललाई क्वारेन्टिनका रूपमा प्रयोगमा ल्याउने अवधारणा ल्याइए पनि प्रभावकारी नभएको पाइएको छ ।

हेटौँडाका विभिन्न स्तरका १० वटा होटललाई क्वारेन्टिनमा प्रयोगमा ल्याउने गरी होटल व्यवसायीसँगको समन्वयमा मकवानपुर होटल एसोसिएसनले गत जेठको अन्तिम साता व्यवस्था गरेको थियो ।

विदेशबाट फर्किएकाले शुल्क तिरेर बस्नका लागि सेवाग्राहीलाई प्याकेज सेवा दिनेगरी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सूची बुझाए पनि सीमित व्यक्ति मात्र बस्न आएपछि होटललाई क्वारेन्टिन बनाउने अवधारणा प्रभावकारी नदेखिएको हो ।

होटल एसोसिएसनका मकवानपुर अध्यक्ष शङ्करलाल श्रेष्ठले होटललाई क्वारेन्टिनमा प्रयोगमा ल्याउने घोषणा गरिए पनि बस्न आउनेको सङ्ख्या कमी भएकाले होटलका कोठाहरू खासै प्रयोगमा नआएको बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्