Logo

संक्रमण मुक्त किशोरीको अभिभाकत्व ग्रहण



काभ्रे, भदौ १३ । नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले कोरोना सङ्क्रमणबाट मक्त भएकी एक किशोरीको शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका छन्।

सङ्क्रमणमुक्त भई घर फर्केकी नमोबुद्ध नपा–५ को किशोरीको शुक्रबार घरमै गई तिमल्सिनाले स्नातकसम्मको शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका हुन्।

किशोरीको आर्थिक अवस्था कमजोर रहेको थाहा पाएपछि उनको शिक्षाको अभिभावकत्व ग्रहण गरेको तिमल्सिनाले बताएका छन् । “चिकित्सक एवं स्वास्थ्यकर्मीलाई दुव्र्यवहार भइरहेका बेला कोरोना सङ्क्रमितलाई दुव्र्यवहार हैन, हौसला प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले उनको अभिभावकत्व ग्रहण गरेको हुँ”, उनले भने।

किशोरी हाल कक्षा १२ मा अध्ययनरत छिन । किशोरीको परिवारमा छ सदस्य छन् । परम्परागत रुपमा सामान्य खेतीपाती गर्दै आएको परिवारको आर्थिक अवस्था एकदमै कमजोर रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्