चितवन, भदौं १३ । चितवनको चितवन मेडिकल कलेजमा कोरोना संक्रमित हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो।
कोभिड आइसियूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।ती महिला मिर्गौला रोगबाट पीडित थिइन्।
डायलाइसिस गर्नका लागि ती महिलालाई साउन २७ गते चितवन मेडिकल कलेज ल्याइएको थियो। उनको तीन पटकसम्म डायलाइसिस गरिएको अस्पतालले जनाएको छ। सोही क्रममा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।