Logo

पर्सामा थप ५० संक्रमित भेटिए



पर्सा, भदौ १३। पर्सामा थप ५० जना कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राती गरिएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

पाँच जना महिला बाहेक अन्य सबै संक्रमित पुरुष रहेका छन् । उनीहको उमे १५ वर्षदेखि ५६ वर्ष रहेका छ ।

संक्रमितमध्ये एक जना काठमाडौंका रहेका छन् भने अन्य सबै प्रदेश नम्बर २ का हुन् । जसमा पर्साका ३१, बाराका आठ, रौतहटको एक, सर्लाहीका दुई, महोत्तरीका तीन र धनुषाका चार जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्