काठमाडौं, १३ भदौ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले आयोग अहिले सुतेरै बसेको छ भनेर भन्न नमिल्ने स्पष्ट पारेका छन् । देशव्यापी रुपमा कोरोनाको अवस्थाबारे आयोगका दश वटा कार्यालयबाट अनुगमन भैरहेको पनि उनले जनाएका छन् । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले केही कारागारको अवस्था हेरिएको पनि सुनाए ।