काठमाडौं, १३ भाद्र । नेपालमा कोरोना भाइरसबाट आज थप १२ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ९ पुरुष र ३ महिलाको मृत्यु पुष्टि गरेका हुन् ।
आजसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २ सय ७ पुगेको छ । जसमध्ये एक सय ५५ पुरुष र ५२ महिला छन् । अहिलेसम्म कुल संक्रमितमध्ये मृतकको प्रतिशत ०.५५ रहेको छ ।
यसअघि हिजोसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ९५ थियो । झण्डै एक महिनायता संक्रमणबाट दैनिक मृतक संख्या थपिने क्रम बढिरहेको छ ।
मृतकको विवरण
१. पाल्पाकी ३० वर्षीया महिला । १३ भाद्रमा पुष्टि
२. काठमाडौंकी ५१ वर्षीया महिला । १३ भाद्रमा पुष्टि
३. भक्तपुरकी ६२ वर्षीया महिला । १३ भाद्रमा पुष्टि
४. पर्साका ४८ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
५. पर्साका ३९ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
६. सिराहाका ८४ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
७. गोरखाका ३८ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
८. कास्कीका ५८ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
९. काठमाडौंका ८३ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
१०. ललितपुरका ७२ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
११. ललितपुरका ६१ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि
१२. भक्तपुरका ८२ वर्षीय पुरुष । १३ भाद्रमा पुष्टि