Logo

डा. युवराज खतिवडापछि अर्थमन्त्री को ? यस्तो छ सम्भावना



भदौ १३, काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडा बाहिरिने खबरसँगै नयाँ अर्थमन्त्रीको विषयले चर्चा पाएको छ । प्रधानमन्त्री केपाी ओलीको विश्वासिलो पात्रको रुपमा चिनिएका डा. खतिवडालाई फेरी सो पदबाट हट्ने चर्चाले अर्थमन्त्रालयमा हटकेकको रुपमा परिचर्चा चलेको छ ।

अर्थतन्त्रका जानकार मात्रै होइन, विज्ञसमेत भनेर चिनिएका डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपीओलीले अर्थमन्त्रीको जिम्मेवारी दिँदा चौतफर्पी प्रशंसा भएको थियो । विकास समृद्धिको सपना पूरा गर्नका लागि ओलीले आफ्नो मन्त्रीमण्डलमा समावेश गरेपछि नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार हुने अपेक्षा धेरैले गरेका थिए । तर डा. खतिवडाको साढेँ दुईवर्षभन्दा लामो अवधिमा खासै प्रशंसायोग्य काम गर्न नसकेको आरोप लाग्यो ।

राष्ट्रियसभाको सांसद बनाएर मन्त्री बनाइएका खतिवडाको उक्त सांसद पदको अवधि सकिइसकेको छ । सांसद पदको अवधि सकिएपछि पनि थप ६ महिना मन्त्री बन्न पाउने भएकाले उनी अहिलेसम्म मन्त्री छन् । र अब भदौ २० गतेसम्म रहनेछन् । त्यसपछि अर्थमन्त्रीकै रुपमा निरन्तरता पाउन उनलाई राष्ट्रियसभाको सांसदमा पुनः नियुक्ति गर्नुपर्ने हुन्छ । राष्ट्रियसभामा सरकारले नियुक्त गर्ने एक पद खाली छ । सोही पदमा पुनः नियुक्ती गरेर प्रधानमन्त्री ओलीले खतिवडालाई नै अर्थमन्त्रीका रुपमा निरन्तरता दिन्छन् कि दिदैनन् भन्ने विषयमा अहिले बहस भइरहेको छ । नेकपाका भित्रैबाट मन्त्रीमण्डल पुर्नगठन हुने भन्ने विषयले चर्चा पाएसंगै अर्थमन्त्री खतिवडालाई हटाउने तयारी समेत गरेको पाइएको छ ।

नेकपाभित्र फैलिएको किचलो मिलाउने क्रममा हाल संघिय सरकारमा रहेका केही मन्त्री र केही प्रदेशका मुख्य मन्त्रीसमेत फेरबदल गरेर भएपनि सहमति गर्ने गर्नु पर्ने सुझाब दिएसंगै अर्थमन्त्री खतिवडा अल्पमतमा पर्न गएका हुन । प्रधानमन्त्री ओलीको चाहानाका कारण राष्ट्रिय सभामा सदस्य नरहेका व्यक्तिलाई बढीमा ६ महिनासम्म मन्त्रि नियुक्त गर्न सक्ने अधिकार प्रयोग गरि प्रधानमन्त्रीले खतिवडालाई पुन अर्थमन्त्रीको जिम्मेवारीमा राखेका थिए । अर्थमन्त्री नियुक्त भए देखि नेपालको पुँजी बजारले उनलाई खासै मन पराएको छैन । उच्च करको दर, पुँजी बजार प्रति संकुचित भावना र लगानीकर्ताहरुको माग सम्बोधन नगरेका कारण उनलाई नेपालको पुँजी बजारले रुचाएको छैन ।

अर्थमन्त्रीबाट डा. खतिवडालाई हटाउने चर्चासँगै नयाँ अर्थमन्त्रीको दाबेदारमा पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन देखिएका छन् । पुन अहिले उर्जामन्त्री हुन्, तर पनि अर्थमन्त्रालय जान पाए हुन्थ्यो भन्नेमा छन् । त्यसैगरी साँसद समेत नभएका वामदेव गौतम र राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठसमेत अर्थमन्त्रीका लागि दौडधुपमा रहेको बुझिएको छ ।

खतिवडालाई राष्ट्रियसभा सदस्यमा पुनः नियुक्ति नगरेर गौतमलाई ल्याएर मन्त्रालय दिने चर्चा भए पनि यो सम्भावना भने निकै कम रहेको बुझिएको छ । किनकी गौतम प्रधानमन्त्री बन्ने लाइनमा रहेका नेता हुन् । अर्थमन्त्रालय मात्र नभै सुचना प्रविधि तथा संचार मन्त्रालय पनि खाली हुने भएकाले त्यसमा पनि दौडधुप सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस्