Logo

कोटेश्वरमा कार्यरत १९ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण



काठमाडौ, १४ भाद्र । कोटेश्वरस्थित ट्राफिक प्रहरी प्रभावमा कार्यरत १९ जनामा कोरोना संक्रमण देखिएको छ ।बिहीबार ३३ जनाको स्वाब संकलन गरिएकामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसअघि दुई जनालाई ज्वरो आएपछि कोरोना परीक्षण गर्दा दुवै जनामा संक्रमण पुष्टि भएको थियो ।

यससँगै प्रभागमा संक्रमित ट्राफिक प्रहरीको संख्या १९ पुगेको छ । हालसम्म उपत्यकामा मात्र ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्