Logo

विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ४९ लाख नाघ्यो



जेनेभा, १४ भाद्र। विश्वमा दुई करोड ४९ लाख २८ हजार ७८१ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ४१ हजार ६८१ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । शनिबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये हालसम्म एक करोड ७३ लाख १० हजार ३७२ व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभरमा ६७ लाख ७६ हजार ७२० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार १८६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा ६० लाख ९६ हजार ७५६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८५ हजार ९६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ३८ लाख १२ हजार ६०५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख १९ हजार ५९४ जनाको मृत्यु भएको छ । भारतमा ३४ लाख ६८ हजार २७२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ६२ हजार ७५० जनाको मृत्यु भएको छ ।

रुस ३३ लाख ८५ हजार ३४६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १७ हजार २५ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख २९ हजार ९६१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २८ हजार ४७१ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख २० हजार १३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार ७४३ जनाको मृत्यु भएको छ । कोलम्बिया ५ लाख ९० हजार ५२० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १८ हजार ७६७ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ५ लाख ८५ हजार ७३८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६३ हजार १४६ जनाको मृत्यु भएको छ । स्पेनमा ४ लाख ५५ हजार ६२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ११ जनाको मृत्यु भएको छ । चिलीमा ४ लाख ५ हजार ९७२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ११ हजार १३२ जनाको मृत्यु भएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्