Logo

संक्रमितमध्ये ०.५५ प्रतिशतको मृत्यु



काठमाडौं, भदौ १४ । देशभर कोरोना भाइरस संक्रमणबाट हालसम्म २ सय ७ जनाको मृत्यु भएको छ । जुन कुल संक्रमितको ०.५५ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ३७ हजार ३४० जना पुगेको छ ।

पछिल्लो एक सातामा ६१ जना संक्रमितको मृत्यु भएको छ । गत आइतबार तीन, सोमबार आठ, मंगलबार सात, बुधबार ११, बिहीबार आठ, शुक्रबार १२ र शनिबार १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो एक सातायता शनिबार सबैभन्दा कम जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । उपत्यकाभित्र शुक्रबार थप १ सय ८६ जनामा संक्रमण देखिएको हो ।

यसअघि गत आइतबार पनि कम मात्रामा १ सय ८६ जनामा नै संक्रमण देखिएको थियो । पछिल्लो एक सातामा उपत्यकाभित्र १ हजार ९ सय २१ जना संक्रमित थपिएका छन् ।

उपत्यकाभित्र गत आइतबार १८६, सोमबार ४१५, मंगलबार ३७७, बुधबार ३०१, बिहीबार २३२ र शुक्रबार २२४ जनामा संक्रमण देखिएको थियो ।

हालसम्म काठमाडौं उपत्यकामा ४ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत काठमाडौंमा ३ हजार ९६०, ललितपुरमा ६०६ र भक्तपुरमा ४३१ जनालाई संक्रमण पुष्टि भएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्