Logo

प्रेमिका रियाको खुलासा- सुशान्त राजपुतको जीवनशैली राजाको जस्तो (भिडियोसहित)



एजेन्सी, १४ भाद्र । सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीले जीवनशैलीबारे सनसनीपूर्ण खुलासा गरेकी छिन् । उनले सुशान्तले राजाको जस्तो जीवन जिउने गरेको खुलासा गरेकी हुन् ।

इन्डिया टिभीका लागि वरिष्ठ पत्रकार राजदीपसँग विशेष अन्तवार्ता दिदै रियाले विभिन्न घटनाबारे खुलासा गरेकी हुन् जसमा सुशान्त प्राइभेट जेट समेत लिएर यात्रा गर्ने गरेको बताइन् । केही वर्ष अघि थाइल्यान्डमा छ जना साथी लिएर जाँदा उनले प्राइभेट विमान समेत लिएर गएको खुलाइन् । उनले भनिन्, ‘सुशान्त राजाको जस्तो जीवन जिउँथे । यो उनको जीवनशैली थियो ।’

थाइल्यान्डको यात्रामा सुशान्तले ७० लाख खर्च गरेको सुनाइन् । उनले पाँचतारे होटललगायत लामो यात्रामा निकै पैसा खर्च गरेको बताइन् ।
सुशान्त डिप्रेसनमा परेको समेत खुलाइन् । उनले भनिन्, ‘उनलाई मोडाफिल्ड नामको औषधी प्रयोग गर्न दिइएको थियो ।’ सुशान्त मानसिक रोगीको उपचार गर्ने चिकित्सक कहाँ समेत जाने गरेको सुनाइन् ।

रियामाथि सुशान्तलाई आत्महत्या गर्न वाध्य पारेको आरोप लागेको छ । उनीमाथि अनुसन्धान चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot