Logo

अनामनगरमा निषेधाज्ञाको मौका छोपेर मापदण्डविपरीत चाम्लिङको भवन बन्दै



काठमाडौं, १४ भदौ । काठमाडौको अनमानगरस्थित धोबीखोलाको किनारामा  हरि चाम्लिङले मापदण्ड रातारात भवन निर्माण गरिरहेका छन् ।  निषेधाज्ञाको मौका छोपेर चाम्लिङले  धोबिखोला करिडोरको बाटोमा छोड्नु पर्ने बाटोको भाग नछोडि अक्सिडेन्टल स्कुल नजिकै रहेको जग्गामा भवन बनाइरहको पाइएको छ ।

निषेधाज्ञा घोषणा गरेको स्थानीय प्रशासनले अन्य गतिविधिमा बन्देज लगाए पनि मापदण्डविपरीत संरचना निर्माण गर्दा मौन बसेको देखिन्छ । मापदण्ड विपरीत बनेको संरचना हटाउने अधिकार प्राप्त स्थानीय सरकार पनि चाम्लिङले मापदण्डविपरीत संरचना बनाएको बिषयमा बेखबर देखिन्छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २९ अनामनगरका स्थानीय बासिन्दाहरू भने स्थानीय तहको मिलेमतोमानै चाम्लिङले ट्रष्ट भवन बनाएको आरोप लगाउँछन् ।
जिल्ला प्रशासन कार्यालय र काठमाडौ महानगरपालिकसँग मापदण्डविपरीत भएको निर्माण तत्काल रोक्न स्थानीय बासिन्दाले माग गरेका छन् । साथै गैर कानूनी संरचना हटाउन पर्ने उनीहरुको भनाई छ । तर स्थानीय तहले चासो दिएको छैन ।



प्रतिक्रिया दिनुहोस्