Logo

सेनाका मेजर राजु केसीले काका गोविन्दलाई ज्यान मार्ने धम्की दिए



धुलिखेल, १५ भाद्र । नेपाली सेनाका एकजना मेजरले आफ्नै काकालाई ज्यान मार्ने धम्की दिएका छन् । देबिदत्त गणमा कार्यरत मेजर राजु केसीले काका गोविन्द केसीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिएका हुन् ।

धुलिखेल नगरपालिका ४ का गोविन्द केसीलाई सामाजिक सञ्जालमार्फत उनका भतिजाले अब धेरै दिन छैन भनी ज्यान मार्ने धम्की दिएका हुन् ।

दुवैबीच जग्गासम्बन्धी विवाद छ । धुलिखेल नगरपालिका वडा नम्बर ४ स्थित बासघारीमा एक बर्ष अगाडी नेपाली सेनाका मेजर केसीले उनकी श्रीमतीको नाममा १२ आना १ पैसा जग्गा खरिद गरेको ३६ दिनपश्चात सधीयार केसीलाई जग्गाको विषयमा भनी बारम्बार धम्काउन सुरु गरेको पिडीत गोविन्द केसीले बताए । गोविन्द के।सीले उक्त साधमा २०५४ साल भाद्र १६ गते देखी नगरपालिकाबाट घरको सम्पन्नता प्रमाण–पत्र लिएर बसेको बताएका छन् ।

राजु केसीले सामाजिक सञ्जालमार्फत् दिएको धम्की

‘घरको सम्पन्नता प्रमाण–पत्र लिएर बसेपनी घरको दुई कोठामा आफुनो जग्गा पर्छ भन्दै मेजर राजु केसीले धम्काउँदै आएको गोविन्दले बताए । विगतमा पनि आफूलाई बारम्बार धम्की दिएपछि उजुरी गरेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्