Logo

सिन्धुपाल्चोकमा निषेधाज्ञालाई निरन्तरता, पुनः तीन दिन थप



चौतारा, १४ भदौ: जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निषेधाज्ञालाई पुनः तीन दिन थप गरेको छ । यही भदौ १ गतेदेखि लागु गरिएको निषेधाज्ञालाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले भदौ १७ गते राति १२ बजेसम्म लागु हुने गरी निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

तीन दिनपछि पालिकाहरुसँग छलफल गरी अर्को निर्णय लिइने बैठकले निर्णय गरेको छ । कोरोना सङ्क्रमित वृृद्धि हुन थालेपछि रोकथाम गर्न लागु गरिएको निषेधाज्ञा अवधिभर अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई प्रजिअ ढकालले आग्रह गरेका छन् । त्यस्तै अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको पनि बताइएको छ । जिल्लामा हालसम्म कोभिड–१९ बाट सङ्क्रमित ९९ जना पुगेका छन् । तीमध्ये तीन जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्