काठमाडौं, १४ भाद्र । सरकारले हङकङ र मकाउका लागि महावाणिज्यदूत नियुक्त गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरु नवराज ढकाललाई हङकङ र उदयबहादुर रानामगरलाई मकाउको महावाणिज्यदूतमा नियुक्त गरेको हो ।
यसअघि महावाणिज्यदूतमा नियुक्त गर्न दुवैजनालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको थियो । मगर गृह मन्त्रालय र ढकाल उद्दोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत थिए ।-File Photo