Logo

पुनः सडकमा आउन थाले असङ्गठित मजदुर



काठमाडौँ, १५ भाद्र। कोभिड–१९ को जोखिम रोक्न जारी गरिएको बन्दाबन्दी हटेपछि विस्तारै कामको खोजीमा लागेका असङ्गठित क्षेत्रका मजदुर निषेधाज्ञा शुरु भएसँगै पुनः सडकमा आउन थालेका छन् । बजार सबै बन्द भएर कामविहीन भएपछि बाध्यताबस भोक मेटाउन बाध्यताबस सडकमा अउनु परेको मजदुरको दुखेसो छ । काठमाडौँको रत्नपार्कस्थित बसपार्कमा साँझको समयमा झण्डै पाँचदेखि सात सय मजदुर खानाकै लागि भेला हुने गरेका छन् ।

ज्याला मजदुरी गर्ने सिन्धुपाल्चोक कान्छा स्याङतान पाँच महिनादेखि बेकामे हुनुहुन्छ । बीचमा बन्दाबन्दी खुले पनि राम्ररी काम पाउनु भएन । बन्दाबन्दी हट्दा ज्याला मजदुरीले जेनतेन खानसम्म पुगेको थियो । निषेधाज्ञा भएपछि भने फेरि पहिले झैँ भोकभोकै बस्नुपर्ने अबस्था आएपछि रत्नपार्कमा संस्थाले बाँडेको खानेकुरा खान थालेको स्याङ्तानले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामीलाई काम गर्न देउ, गरेर खान्छौँ ।”

उनीहरुलाई हन्ड्रेड ग्रुपलगायत संस्थाले नियमित खाना खुवाउँदै आएको छ । खान पाउने भएपछि उपत्यकाका तीनै जिल्लामा कामविहिन मजदुर दिउँसो तीन बजे नै यहाँ भेला हुन्छन् ।

उनीहरुलाई चार बजेको समयमा खाना खुवाउने गरेको उक्त गु्रपका संस्थापक अङ्शु यादवले बताउनुभयो । उहाँका अनुसार रत्नपार्कमा झण्डै सात सयलाई खाना खुवाउने गरिएको छ । “विगतमा दुई÷तीन सय आउँथे, अहिले बढेर छ÷सात सय पुगेका छन्”, यादवले भन्नुभयो, “चैत १३ गतेदेखि हामीले शुरु गरेको खाना खुवाउने अभियान अहिलेसम्म जारी छ ।” विगतमा ठाउँठाउँमा पुगेर खाना खुवाउने गरिए पनि अहिले धेरै ठाउँमा जान नसकिएको उहाँले बताउनुभयो ।

सडकमै भेटिनुभएका होटल मजदुर पूर्णप्रसाद पाण्डेलाई विगतमा खानाको दुःख थिएन । बागबजारको होटलमा खाना पकाउने ९कुक० उहाँ होटल बन्द भएपछि कामविहिन हुनुभयो । उहाँ पनि संस्थाले दिएको खाना खान रत्नपार्कमा आउनुहुनछ । शनिबार खानाको लाइनमा बस्नुभएका पाण्डेले अन्य क्षेत्रमा पनि मजदुर भोकभोकै रहेको बताउनुभयो । थाहा पाएका निकै टाढाबाट खाना खान यहाँ आइपुग्छन् ।

त्यस्तै पीडा काठमाडौँमा १२ बर्षदेखि भारी बोक्दै आउनुभएका सिन्धुपाल्चोकका कुमार श्रेष्ठको पनि छ । कोरोनाले गर्दा काम पाउन नसकेको दुखेसो गर्ने श्रेष्ठ पनि अहिले सडकमा काम विहिन हुनुहुन्छ । कहिलेसम्म खानाको लागि सडकमा भौतारिनुपर्ने हो भनेर उहाँ पनि चिन्तित हुनुहुन्छ । यो खबर आजको गोरखापत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्