Logo

अनलाइन डेलिभरी सेवाको मापदण्ड बनाइँदै



काठमाडौं, भदौ १५ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा सञ्चालन हुने अनलाइन डेलिभरी सेवा सञ्चालनका लागि मापदण्ड बनाउन समिति गठन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल अध्यक्षताको बैठकले सोमवारसम्म मापदण्ड बनाउन सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।

मापदण्ड निर्माणका लागि सहायक प्रमुख जिल्ला अधिकारी भट्टको संयोजकत्वमा वाणिज्य विभाग, स्वास्थ्य कार्यालय र प्रहरी अधिकृतका एकएक जना प्रतिनिधिसहितको समिति बनाएको हो ।

समितिमा स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीप्रसाद खड्का, वाणिज्य विभागका निर्देशक सागर मिश्र र सशस्त्र प्रहरी बलका सहायक प्रहरी उपरीक्षक दीपेन्द्र शाह रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्