Logo

प्रहरी घेरामा डा केसी



जुम्ला/वीरेन्द्रनगर, भदौ १५ । सुदूरपश्चिमलगायत कणालीका दुर्गम बस्तीमा स्वास्थ्यसेवा दिँदै जुम्ला पुुगेका डा गोविन्द केसीले साउन ३२ गते पत्रकार सम्मेलन गरेर सरकारलाई आफ्ना माग सम्बोधन गर्न भदौ १० गतेसम्मको समय दिए।

उनले स्वास्थ्य क्षेत्रमा सुधारका लागि आफूले राखेका माग भदौ १० सम्म सम्बोधन नभए ११ गतेदेखि सत्याग्रह बस्ने घोषणा गरेका थिए। त्यसबीचमा डोल्पा र मुगुका केही बस्तीमा पुगेर उनले स्वास्थ्यसेवा दिन थाले। गाउँले गाउँमै विशेषज्ञ सेवा लिन पाउँदा निकै खुसी भए।

त्यहाँबाट जुम्ला खलंगा फर्किएपछि भने उनीमाथि प्रहरी निगरानी बढ्न थाल्यो। उनले भदौ ११ गते सत्याग्रह थाल्ने तयारी गरेका थिए। डा। केसी बसेको क्षेत्रमा त्यो दिन बिहानैदेखि पूर्ण निषेधाज्ञा घोषणा गरियो।

जुम्लाका सिडिओ र डिएसपी डा। केसीलाई भेट्न एकाबिहानै होटलमै पुगे। उनीहरूले ‘जोखिमपूर्ण परिस्थितिमा सत्याग्रहमा नबसिदिन’ डा। केसीलाई आग्रह गरे। ‘त्यही आग्रहअनुसार सत्याग्रह एक साता स्थगित गर्न पुगें।

म एक सातासम्म सत्याग्रह स्थगित गर्छु, त्यसपछि दुनियाँको जुनसुकै शक्ति आए पनि सत्याग्रह रोक्न सक्नेछैन। तपाईंहरू पनि मेरो सत्याग्रहमा बाधक नबन्नुहोला भन्दैे पठाएँ’, डा। केसीले त्यस बिहान सिडिओ र डिएसपीलाई भनेका थिए।

डा। केसी होटल रोयल गार्डेनमा बसेका छन्। उनलाई भदौ ११ गते दिनभर होटलको कोठाबाट बाहिर निस्किन दिइएन। दुईतीनपटक होटलको गेटबाहिर आउन खोजेका डा। केसीलाई प्रहरीले धकेलेर भित्र पठायो। ‘अस्पताल जान्छु भन्दा पनि दिएनन्। सिडिओ सा’पको आदेश भन्दै होटलभित्र थुनिरहे। त्यसभन्दा ठ्ूलो अपमान के हुन सक्छ’, उनले भने।

१८ गते थालिने सत्याग्रह रोक्ने प्रयास भएमा स्थानीय प्रशासनविरुद्ध सत्याग्रह थाल्ने चेतावनी डा। केसीले दिएका छन्। ‘म बसेको होटलबाहिर घेरा हाल्न प्रहरी परिचालन गरिएको छ।

मैले स्थानीय प्रहरी प्रशासकलाई जनताको सेवक बन्नुस् भनिसकेको छु’, केसीले थपे। केसी जुम्ला आएदेखि नै प्रहरी प्रशासनको निगरानी बढेपछि सत्याग्रहमा सरकारी दमन हुन सक्ने भन्दै जुम्लावासी डराएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्