Logo

बाली र पशु बिमा निःशुल्क



रुकुमपश्चिम, भदौ १५ । जिल्लाको मुसीकोट नगरपालिकाका कृषकले यस वर्ष पनि निःशुल्क बाली र पशु बिमाको सेवा पाउने भएका छन्। गत आर्थिक २०७६/०७७ देखि सुरु भएको निःशुल्क बिमा कार्यक्रम यस वर्ष पनि सञ्चालन हुने भएको छ।

पशु तथा कृषि पेशामा आबद्ध कृषकलाई प्रोत्साहन गर्न संघीय सरकारले बिमाको व्यवस्था गरेको छ। बिमाबापतको ७५ प्रतिशत रकम सरकारले र २५ प्रतिशत कृषकले व्यहोर्ने व्यवस्था छ।

मुसीकोट नगरपालिकाले कृषकले तिर्नुपर्ने २५ प्रतिशत तिरिदिने गरेको छ। संघीय र स्थानीय सरकारले रकम व्यहोरेपछि नगरपालिकाका कृषकले गत वर्षदेखि निःशुल्क पशु र बाली बीमाको सुविधा पाइरहेका छन्। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्