चितवन, भदौ १५ । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ।
जिल्लाको भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकमा स्वासप्रस्वास सम्बन्धी समस्या र उच्च ज्वरो आएपछि भदौ ६ गते अस्पताल भर्ना भएका थिए ।
उनमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएपनि केहि दिन होम आइसोलेसनमै बसेका थिए । हाल मृतकको शव व्यवस्थापनको तयारी भइरहेको जनाइएको छ ।