Logo

टिकटकको क्रेज



सचिता बुढाथोकी : छिमेकी देश चीनबाट सुरु भएको टिकटकले नेपाली बजारमा पनि राम्रो स्थान पाउन सफल भएको छ । अहिले कोरोनाको कहरमा हेर्ने हो भने टिकटकमा बच्चादेखि हजुरआमासम्म झुम्मिएको पाईन्छ । टिकटकले बच्चालाई भुलाउने मात्र काम गरेको छैन । हजुरआमा हजुरबुवाहरुको बुढेसकालको समय काट्न निक्कै टेवा पुर्याएको छ । अहिले टिकटक बनाउन परिवार नै सक्रिय रुपमा लागेको देखिन्छ ।

टिकटक । धेरै युवापिडीको मुखैमा झुन्डिएको नाम बनेको छ, यो । नेपालीहरुमा लोकप्रिय हुँदै गएको देखिन्छ । विश्वभर करिब थुप्रै प्रयोगकर्ता रहेको टिकटकको नेपालमा पनि उल्लेख्य प्रयोगकर्ता छन् । त्यसो त भारतमा केही समय अगिमात्र टिकटकमा प्रतिबन्ध लगाएको छ । र, अमेरिकामा समेत प्रतिबन्ध हुने बुझिएको छ । केही बौद्धिक व्यक्तिहरुले टिकटकलाई सामाजिक विकृतिको रुपमा चित्रण गर्दै आएका छन् । यद्यपि पछिल्लो समय टिकटकको महत्त्व यसरी अप्रत्याशित बढ्यो कि मानिसहरू टिकटकलाई फुर्सदको सदुपयोग मात्र सम्झिदैनन् बल्की सिनेमाको कलाकार पनि टिकटकबाटै छनौट हुन थालेको छ । टिकटकले थुप्रैलाई स्टारहरु बनाइदिएको छ र छुट्टै पहिचान समेत दिलाइदिएको छ ।

टिकटकले यसरी मोहनी लगाएको छ मानिसलाई, खादा हिड्दा साथीसँग भेड्दा , काम गर्दा टिकटकबाट नै देखाउने गरिन्छ । टिकटक बनाउन कहाँ जाने भनेर अहिले मानिसहरु लोकेसन खोजिरहेका छन, कोरोनाले देश अस्तव्यस्त बनेको छ त्यसमा पनि आम मानिसको रोजगार, व्यापार व्यवसाय, शिक्षा सबैबाट बन्चित छन । मुहारमा खुशी मनमा शान्ती छैन, चिन्ता र तनावबाट बच्नको लागी उनीहरु टिकटक बनाउन व्यस्त देखिएको टिकटक प्रयोगकर्ताहरु बताउछन । लामोसमयदेखि जारी लकडाउमा मानिसहरु निराश छन यही निरासालार्य मेट्न परिवासका साथमा बसी मानिसहरु हरेक दिन आफनो कला प्रस्तुत गरिरहेका छन ।

यस्तै शारिरिक रुपमा अशक्त टिकटक कलाकार प्रतिभा राउत पनि आजभोलि टिकटकमा खुबै रमाउन थाल्नुभएको छ । फिल्म हेर्दा समाचार सुन्दा भन्दा पनि टिकटक बनाउदा मनमा शान्ती र मुहारमा खुशी छाउने राउतको भनाई छ । होचा पुड्का कलाकार भनेर चिनिने राउतको अहिले दिनचर्या टिकटक बनाएर वित्ने गरेको छ । कोरोनाले चिन्तित बनाएको राउतलाई टिकटकले भने प्रेस गराएको अनुभव हामीलाई सुनाउनुभयो । राउत भन्नुहुन्छ अहिलेको परिस्थितीमा मानिसहरुको औषधि भनेकै टिकटक हो । बच्चादेखि युवापिढी र बृद्धबृद्धाहरुको टिकटकमा सहभागीता रहेको छ । कतिपयले टिकटको सही प्रयोग गर्न नजान्दा दुरुपयोग भैरहेको् छ । यसतर्फ सबै सजग रहनु पर्ने उहाको बुझाई छ । राउत दिनमा २ वटा टिकटक बनाउने गर्नुहुन्छ । उहाले बनाउने टिकटक प्राय माया प्रेम र राष्टभत्ती भावमा बनाईने गरिएको छ ।

पछिल्लो समय लोकप्रिय बन्दै गएको टिकटकले घर घरमा कलाकार जन्माउदै गएको छ । टिकटकबाट नै धेरैले फिल्म , म्याुजिक भिडियोमा काम गर्ने अवसर पाएका छन । यो सकारात्मक पाटो हो भने समाजमा खलल पुराउने खालका टिकटकका भिडियो पनि बन्ने गरेका छन । यस्ता खालमा भिडियोले समाजलाई नकारात्मतिर धकेल्ने हुदा टिकटक बनाउदा व्यक्ति , परिवार । समुदाय , समाज र देशलाई विकास र समृद्धिमा अग्रसर गर्ने खालका भिडियोहरु बनाउन आवश्यक छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot