एजेन्सी, १५ भाद्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घरपालुवा कुकुरमा स्थानीय प्रजातिलाई प्राथमिकता दिन सुझाएका छन् । उनले आइतबार आफ्नो मासिक रेडियो कार्यक्रम ‘मन की बात’ को ६८ संस्करणलाई सम्बोधन गर्दै उक्त विषय सुझाएका हुन् ।
भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय आर्मीमा उच्च पदमा कार्यरत दूई कुकुर ‘विदा’ र ‘सोफि’को कामलाई सम्मान गर्दै पुरस्कृत गरेको उल्लेख गर्दै उनले स्थानीय प्रजातिको कुकुर पाल्न जोड दिएका थिए ।
कार्यक्रममा मोदीले महामारीको बेला भारतीय अर्थतन्त्रको चौथौँ चरणलाई सुचारु गरिने विषयमा जानकारी दिए । भारत कोरोनाको उच्च जोखिममा हुँदा नागरिकले चाँड पर्वको समयमा देखाएको सदासयता र अनुशासनलाई समेत स्वागत गरेका थिए । महामारीको अवस्थामा पनि किसानले पछिल्लो वर्ष भन्दा यस वर्ष ७ प्रतिशतले धान उत्पादन गर्न सकेकोमा खुशी व्यक्त गरेका थिए । महामारीका कारण देश लकडाउनको अवस्थामा हुँदा बच्चाहरुलाई खेलौना बनाउन आग्रह गरेका थिए । उक्त योजनालाई राष्ट्रिय शिक्षा निती अन्तरगत राखिएको जनाकारी दिए ।
उनले युवा उद्दमी पुस्तालाई कम्प्यूटर गेमको विकासमा जोड दिन बताए । विश्व बजारमा खेलौंना उद्दोगको ठुलो हिस्सा रहेको उल्लेख गर्दै त्यसमा समेत ध्यान दिन आग्रह गरे ।
मोदीले ‘निती आयोग डिजीटल इन्डिया आत्म निर्भर भारत’को विषयमा समेत चर्चा गरेका थिए । उक्त योजना अन्तरगत भारतलाई पूर्णरुपमा डिजीटल इन्डियाको रुपमा निर्माण गरिने बताए । उनले भने ‘भारत आविष्कारकर्ताहरुको देशको रुपमा चिनिन्छ ।’ उनले गर्ववती महिलाको पोषण र स्वास्थ्यको विषय लगायत बच्चाहरुको पोषण अत्यधिक महत्वपर्ण भएको कारण उक्त विषयमा जोड दिनु पर्ने आवश्यकता औँल्याएका थिए ।-Photo: Agency