Logo

सुनको मूल्य पुन : बढ्याे



काठमाडौँ, १५ भदौ: आज (सोमबार) सुनको मूल्य पुन : बढेको छ । सुनको मूल्य आज तोलामा ३०० रुपैयाँले वृद्धि भएको हो ।

छपावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरि, चाँदीको मूल्य सोमबार तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३६५ रुपैयाँ तोकिएको छ ।

अन्तराष्ट्रिय बजारमा पनि सोमबार सुनको मूल्य प्रति आउन्स एक हजार ९६९ डलर पुगेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्