काठमाडौं, १५ भदौ । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले बेसार पानी र अदुवबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको कुरा विज्ञानले मान्यता नदिएको र प्रमाणित नगरेकोले आफूले नमान्ने स्पष्ट पारेका छन् । उनले बेसार पानी खाएर कोरोनालाई जित्न नसकिने स्पष्ट पारे । उनले भने,’विज्ञानले त्यसलाई मान्यता दिएको छैन् । अफवाह फैलाईयो भने बेसार अभाव होला । तर, भोलि कसैले चीन खाँदा कोरोना जित्छ भन्यो भने चीनीको अभाव हुन्छ ।’ नेपाल कोरोना संक्रमणको जटिल मोडमा गैसकेको उनको टिप्पणी छ ।