Logo

पीसीआर परीक्षणकाे शुल्क अब चार हजार ४०० भन्दा बढी लिन नपाइने



काठमाडौँ , १५ भदौ । कोरोना परीक्षणकाे शुल्क अब कम लाग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण शुल्क अब चार हजार ४०० भन्दा बढी लिन नपाइने व्यवस्था गरेको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको आइसीएसका पदाधिकारीहरुको बैठकमा सो निर्णय गरिएको हो ।

यस निर्णय बमोजिम कोभिड १९ परीक्षण गर्ने सबै प्रयोगशालाहरुले अधिकतम चार हजार ४०० रुपैयाँ भन्दा बढी शुल्क लिन नपाउने भएका हुन् ।

मन्त्रालयले यस अघि अनुमति प्राप्त गरेका प्रयोगशालाहरुले पीसीआर परीक्षणकालागि ५ हजार ५ सय रुपैयाँ भन्दा बढि लिन नपाउने तथा अन्य अनुमति नपाएका अस्पतालहरुले स्वाब संकलनकालागि १० प्रतिशत थप सेवा शुल्क लिन पाउने निर्णय गरेको थियो ।-मेरोलागानी/File photo



प्रतिक्रिया दिनुहोस्