Logo

विहानै बेभसाइट हेरेर मात्र बैंक जानुहाेस्, ठाँउ र अवस्था हेरेर मात्र खुल्ने गर्छन् शाखा



काठमाडौँ, १५ भदौ: यति बेला मुलुकका धेरै स्थानमा निषेधाज्ञा छ। अति आवश्यक सेवामा पर्ने भएकोले निषेधाज्ञामा पनि बैक वित्तीय संस्थाले सिमित कर्मचारीबाट सेवा प्रवाह गर्दै आएका छन् ।

जसाेतसाे काम त दिएका छन तर पूर्ण रुपमा सेवा सुचारु भने राख्न पाएका छैनन्। उनीहरूले ठाउँ र अवस्था हेरेर आंशिक सेवा दिँदै आएको एक वाणिज्य बैकका अधिकारीले जानकारी दिए।

उनका अनुसार बैक वित्तीय संस्थाले कम्तीमा २० प्रतिशत कर्मचारी मात्रै कार्यालय प्रयोजनको लागि बोलाउने गरेका छन्। केन्द्रीय बैंकले कम कर्मचारीबाट काम चलाउनु भनेपछि थारै कर्मचारी बाेलाइएकाे हाे। बैक वित्तीय संस्थामा पहिले जस्ताे चाप नभएपछि थारै कर्मचारीले पनि काम भने सहजै गर्ने गरेका छन् ।

बैंक आउने कर्मचारीले समेत आलो पालो गर्ने गरेका छन्। एक जना कर्मचारीको पालो हप्तामा दुई अथवा तीन दिन मात्रै पर्ने गरेको छ। उनीहरूलाई पालो र आवश्यकता हेरेर मात्रै कार्यालय आउन भनिएको छ। जसका कारण धेरै जसो कर्मचारीले घरैबाट काम गर्ने गरेका छन्।

शाखा कार्यालयको हकमा पनि आलो पालो नै गरिएको छ। आवश्यकता हेरेर निश्चित शाखाहरू खोल्ने गरिएको छ। बैक वित्तीय संस्थाले कुन शाखा खुल्छ र कुन खुल्दैन भनेर बिहानै आफ्नो वेभ साइटमा सूचना जारी गर्ने गरेका छन्। कार्यालय खोल्न सकिने वा नसकिने विषयमा पहिले नै शाखासँग जानकारी मागिन्छ। शाखाले खोल्न सकिने बताए शाखा खोल्ने सूचनामा राखिन्छ राखिदैन। तर बैङ्किङ सेवा अत्यावश्यक सेवामा पर्ने भएकोले कुनै पनि शाखा एक हप्ता भन्दा बढी बन्द गरिँदैन। भरसक हप्तामा दुई दिन शाखा खोल्ने गरी पालो मिलाउने गरिएको छ।

उपत्यका र उपत्यकाका बाहिरका सबै शाखा कार्यालय एकै समयमा खुल्दैनन्। शाखाहरू ठाउँ अनुसार खुल्ने समय फरक फरक हुने गरेको छ। कुनै ठाउँमा बिहान आठ बजेदेखि शाखा खुल्ने गरेको छ भने कुनै ठाउँमा दिउसो खुल्ने गर्छ। तर यति बेला नियमित कार्यालय भने ११ बजेदेखि खोल्ने गरिएको छ।

उपत्यका बाहिर स्थानीय प्रशासनले बिहान मात्रै खोल्न अनुमति दिए,बिहानै खुल्ने गर्छन् भने दिउसाे दिए दिउसै खुल्छन् ।

उपत्यका बाहिर पनि सीमित कर्मचारीले नै काम चलाउने गरिएको छ। खोलिएका कार्यालयमा उति साह्राे चाप छैन।चाप नभएपनि क्यास काउन्टर,निक्षेप सङ्कलन,ऋणको पुनरतालीकिकरण एलसि खोल्ने काम जारी नै राखिएकाे छ भने नवीकरणको चाप बैङ्क वित्तीय संस्थामा देखिएकाे छ।कार्यालय आएका कर्मचारी पुरानै काम जस्तै फाइल मिलाउने,पुराना ग्राहकका हिसाब किताब दुरुस्त पार्ने काम गरेर दिन कटाइरहेका छन्।

बैकमा चाप नहुनु भनेको आर्थिक गतिविधि नहुनु सरह हाे । आर्थिक गतिविधि नहुँदा अर्थ व्यवस्थामा तल्लो स्तरबाटै असर गर्दै छ। जसले मानिसहरूको ऋण तिर्ने क्षमतामा कमी ल्याउँछ भने बैकले नयाँ ऋण प्रवाह गर्न नपाउँदा तरलता थुप्रिँदै जान्छ।-मेरोलगानीबाट/File Photo



प्रतिक्रिया दिनुहोस्