सल्यान, १५ भाद्र । लकडाउनमा पनि चन्दा असुली । यस्तै आपराधिक कार्य गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बागचौर नगरपालिकाबाट अवैध रुपमा चन्दा असुली गरेको अभियोगमा २ जना चन्दाबाट संकलित नगद १५ हजार रुपैयाँ र रा.४ प ६९३८ नम्बरको मोटरसाइकल सहित पक्राउ पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा सारदा नगरपालिका मालनेटाका प्रकाश गिरी र बागचौरका १७ वर्षीय किशोर रहेका छन् । कुमाख गाउँपालिका मौलाहालेस्थित त्रिरत्न मेडिकलमा चन्दा असुली गरिरहेका २ जनालाई ईलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।