Logo

ट्रकको व्याट्री चोरी गर्ने पाँच जना पक्राउ



कास्की, १५ भाद्र । ट्रकको व्याट्री चोरी गरेको अभियोगमा ५ जना आइतबार पक्राउ परेका छन् । पोखराबाट ट्रकको व्याट्री चोरी गरेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही हेवलीमार्ग बस्नेहरु बाँके नेपालगंज घर भएका कमल पुन, दाङ नारायणपुरका अजय चौधरी, पुर्ण बहादुर माझी, पोखरा बिरेन्द्रचोक बस्नेहरु भारत घर भएका दिनेश शाह र बिनोद प्रसाद जैसवाल रहेका छन् ।

कास्की पोखरा खसिबजारस्थित पार्किङ गरी राखिएका बिभिन्न नम्बरका ४ वटा ट्रकहरुको ५ थान ब्याट्री शुक्रबार राति चोरी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुमाथि चोरी कसुरमा मुद्धामा जिल्ला अदालत कास्कीबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्