Logo

९ वर्षिया बालिकालाई यौन शोषण गरेको अभियोगमा पक्राउ



कास्की, १५ भाद्र । बालिकालाई यौन शोषण गरेको अभियोगमा रेशबहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ९ वर्षीया बालिकालाई यौन शोषण गरेको अभियोगमा पोखरामा बस्दै स्याङ्जा घर भएका गुरुङ पक्राउ परेका हुन् ।

ती बालिकालाई विगत ५ महिना अगाडिदेखि ललाई फकाई यौन शोषण गर्दै आईरहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय स्याङ्जासँग समन्वय गरी स्याङ्जा बिरुवा टोड्केमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की पोखरामा ल्याई जबरजस्ती करणी मुद्धामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्