Logo

कंगना रनोटको फलोअर्स दैनिक ५० हजार घट्दै



एजेन्सी, १५ भाद्र । बलिउडमा वंशवाद र पक्षपातको विरुद्ध बोल्दा कंगना रनोटको ट्विटर फलोअर्सको सख्यामा कम हुँदै आएको छ । कंगनाको अनुसार हरेक दिन उनको ४० देखि ५० हजार फलोअर्स कम भइरहेका छन् ।

वास्तवमा कंगनालाई एक ट्विटर प्रयोगकर्ताले ट्विट गरेर फलोअर्स घटेकोमा ध्यान आकर्षित गर्न भनेका थिए । चौकीदार नामको ट्विटर एकाउन्टबाट लेखिएको थियो कंगनाजी तपाइँको ट्विटर फलोअर्सको सख्या कम भइरहेको छ । एक घन्टा पहिला ९९ लाख २ हजार थियो पछि ९८ लाख ८ हजार भयो ।

यसको जबाफ कंगनाले लेखेकी छिन, यो कुरामा सहमत छु । हरेक दिन मेरो फलोअर्स कम भइरहेका छन् । म सधै ट्विटरमा छैन र पनि किन यस्तो हुन्छ, तर कसरी हो ? यस्तो किन भइरहेको छ, यसको कुनै आइडिया छ ? कंगनाले यस ट्विटलाई ट्विटर इन्डिया र सर्पोटलाई पनि ट्याग गरेकी छिन् ।

अर्का ट्विटरकर्तालाई कंगनाले बताएकी छिन्, राष्टवादीहरु जताततै संघर्ष गर्नुपर्दछ । यसको बहुमत धेरै बलियो छ । जसले आफै अनफलो गरिरहेका छन् उनीहरुसँग माफि मागे । यो ठिक छैन थाहा छ तै पनि यसमा हाम्रो बानी परेको छैन् ।

सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा कंगनाले सुरुबाट नै बलिउड माफियातन्त्रमाथि निशाना बनाएकी थिइन् । बलिउड केहि शक्तिशाली मानिसहरुले आफ्नो मर्जीले चलाएको वा चलाउन चाहेको कुरा कंगनाले दमदार रुपमा उठाएकी थिइन् ।

कंगनाले आकस्मिक र दुखद सुशान्तको निधनको लागि नेपोटिजमलाई बढावा दिनेहरु जिम्मेवार भएको सुरुवात देखि नै भन्दै आएकी छिन् । यसको साथै उनले बलिउडमा लागुपदार्थको अभ्यासको बारेमा पनि कुरा गरेकी थिइन् । उनकी बहिनी रंगोली चन्देलको एक विवादकै कारण ट्विटर एकाउन्ट बन्द गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्