Logo

मलाइका अरोडाको तन्दुरुस्त हुनेको रहस्य



एजेन्सी, १५ भाद्र । मलाइका अरोडा उनीहरु मध्ये एक हुन्, जसले आफ्नो फिटनेसको पुरा ख्याल राख्छन् । हाल उनको फिटनेसको चौतर्फि चर्चा भईरहेको छ । मानिसहरुको उनले डाइटमा के खान्छिन् भन्ने सर्वाधिक चासोको विषय बनेको छ । मलाइका अरोडा धेरै उमेर भएपनि फिटनेसको कारण सधै चर्चामा भइरहन्छ ।

मलाइकाले आज आफ्नो फिटनेसको राज खोलेकी छिन् । उनले केही चीज सेयर गरेकी छिन् । उनले पछिल्लो एक वर्षदेखि विगन ह्वाइट -दुधबाट बनेको चीज प्रयोग नगर्ने) प्रयोग गर्दे आएको बताएकी छिन् । उनले लेखेकी छिन्, उमेर निरन्तर बढ्ने भएको र उमेरलाई रोक्न सकिदैन, तर डाइटबाट उमेरमा परिर्वतन देखाउन सकिन्छ । उमेर हुँदै जाँदा शरीरमा भिटामिनको कमी हुन्छ, कमी हुन दिन भएन । सबै भन्दा जरुरी कुरा त मैले घरकै खाना खान्छु । घिउ मेरो मन पर्ने चीज हो । मेरो खाना जैतुनको तेल वा नरिवलको तेलमा बनेकोे हुन्छ । घरमा होस् वा बाहिर लोकल खाना खान चाहान्छु । स्थानियमा शाकाहारी जे उपलब्त्र छ त्यही खान्छु । खानामा म कुनै तनाव लिन्न । सबैले स्थानीय स्तरमा उपलब्ध चीज खानुपर्छ र स्थानियलाई बढावा दिनुपर्छ ।

मलाइका अरोडा सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै सक्रिय छिन् । यो भन्दा पहिला पनि मलाइकाले आफ्नो सुन्दरताको रहस्य इन्स्टाग्राममा सेयर गरेकी थिइन् । उनले फिटनेसको बारेमा निरन्तर सल्लाह दिदै आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्