काठमाडौँ, १५ भदौ: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू अन्यन्तै दुखित भएको बताएका छन् । उनले आज साँझ ट्विट गर्दै दुःखको यस घडीमा भारत सरकार, भारतीय जनता र शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
पूर्वराष्ट्रपति मुखर्जीको निधनबाट नेपालले एक महान् मित्र गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुखर्जीले विभिन्न ओहदामा रहेर नेपाल –भारत सम्बन्ध सुदृढ गर्न पु¥याएको योगदानको स्मरण पनि गरेका छन् ।-रासस
In his demise, Nepal has lost a great friend. We remember his contributions in strengthening Nepal-India relations in different capacities of his public life.
— K P Sharma Oli (@kpsharmaoli) August 31, 2020