Logo

सञ्चालनमा आयो जनमैत्री अस्पताल, अब कोरोना संक्रमितको उपचार हुने



भदौ १५, काठमाण्डौ । विगत चार वर्षदेखि बन्द रहेको काठमाण्डौको बालाजुस्थित जनमैत्री अस्पताल आजदेखि पुनः संचालनमा आएको छ । उक्त अस्पताललाई सरकारले कोभिड अस्पताल बनाउने निर्णय गरेसँगै आजदेखि संचालनमा आएको हो । अब उपत्यकाका कोरोना संक्रमितको उपचारमा जनमैत्रीले टेवा पुर्याउने विश्वास गरिएको छ ।

२०७२ सालको भुक्म्पपछि बन्द रहेको अस्पतालले नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कोभिड अस्पताल बनाउने निर्णयसँगै पुन ः संचालनमा आएको हो । केन्द्र सरकारको मातहतमा रहने गरी संचालनमा आएको अस्पताल ३ सय सैयाको भएता पनि कोभिड अस्पतालका रुपमा १ सय ५० बेड गर्ने सरकारी निर्णय बमोजिम संचालन भएको हो ।

काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पहलमा स्वास्थ्य मन्त्रालयले जनमैत्रीलाई कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

जसअनुसार सोमबार कोभिड अस्पतालको जनशक्तिको रुपमा आएका डाक्टर तथा नर्सलाई वडाध्यक्ष रिजालले पुष्पगुच्छाले स्वागत गरे । कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई देशका विभिन्न स्थानमा दुर्व्यवहार भइरहेको घटना बाहिर आएको बेला स्वास्थ्यकर्मीको महत्त्व र आवश्यकता बुझाउन वडाले सम्मानका साथ स्वागत गरेको वडाध्यक्ष रिजालले बताए ।

कोरोना भाईरस रहुन्जे कोरोना विरामीको उपचार गर्ने ,अरु अस्पताल भन्दा ५० प्रतिशत सुविधा दिने र ५० प्रतिशत कम शुल्कमा सेवा दिने अस्पताल अस्पताल ब्यवस्थापनले जनाएको छ । कोरोना भाईरस उपचार अस्पताल नेपालकै नमुना बनाउने अस्पताल संन्चालक पाण्डेले बताए ।

जनमैत्री अस्पताल सञ्चालनमा ल्याउनका लागि काठमाण्डौ महानगरपालिका वाड नं १६ ले निरँतर रुपमा अभियानै चलाएको थियो । प्रारम्भमा स्थानीय तह मातहतमा रहने अस्पताल संचालन गर्ने भनिए पनि बिधि कारणले केन्द्र सरकारले नै अस्पताल संचालन गरेको हो ।

कोरोना संक्रमितको सम्भावित जोखिमको न्युनिकरण, नियन्त्रण तथा व्यवस्थापनका लागि जनमैत्री अस्पताल अहोरात्र लागिपर्ने वडा अध्यक्ष मुकुन्द रिजालले बताए ।

काठमाडौं उपत्यकामा दिन प्रतिदिन कोभिडका संक्रमित थपिँदै गएपछि अस्पतालमा अहिले बेड पाउन मुस्किल हुने अवस्था रहेको छ ।

यस्तो अवस्थामा जनप्रतिनिधीले दिएको उचित विकल्पलाई सबै पक्षले समन्वय गरेर कार्यान्वयन गर्नु सराहनीय कार्य हो । यसरी लामो समय बन्द रहेर अस्पताल संचालनमा आएकोमा स्थानीयबासी भने निकै हर्षित भएका छन् ।

अस्पताल सञ्चालको लागि आवश्यक सम्पूर्ण खर्च स्वास्थ्य मन्त्रालयले गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्