Logo

गुणस्तर परीक्षणविनै भित्रिन्छ स्यानिटाइजर



काठमाडौं, भदौ १६ । कोरोना संक्रमण बढेसँगै बजारमा स्यानिटाइजरको माग ह्वात्तै बढेको छ ।

स्वदेशी औषधि उद्योगले यसको उत्पादनमात्र थालेका छैनन्, बजारमा आयातित स्यानिटाइजर पनि छ्याप्छ्याप्ती पाइन्छन् । तर, आयातित स्यानिटाइजर गुणस्तर परीक्षणविनै भित्र्याइँदा संक्रमणको जोखिम झन् बढेको छ ।

औषधि व्यवस्था विभागले गत चैतयता ४० ओटा औषधि उद्योगलाई स्यानिटाइजर उत्यादनको अनुमति दिएको छ । तीमध्ये ३० ओटाले व्यावसायिक उत्पादन गरिरहेका छन् ।

स्वदेशी उद्योगको उत्पादनको गुणस्तरमा विभागले निगरानी राखे पनि भन्सार नाकाहरूबाट गुणस्तर परीक्षणविनै स्यानिटाइजर धमाधम भित्रिइरहेका छन् ।

विभागले स्वदेशी उद्योगका लागि स्यानिटाइजरमा इथानोल ८० प्रतिशत हुनुपर्ने मापदण्ड बनाएको छ । तर, भारत, चीनलगायत देशबाट आयात हुने स्यानिटाइजरको मापदण्डबारे विभाग मौन छ ।

विभाग आयातित स्यानिटाइजरको गुणस्तरमा उदासीन हुँदा भन्सारहरूबाट गुणस्तर परीक्षणविनै पास हुने गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्