Logo

नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु



काठमाडौं, १६ भाद्र । नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरी जिल्लाको मनरा सिश्वा नगरपालिका ४ का ३५ बर्षीय एक हेल्थ असिस्टेन्ट एचए को मृत्यु भएको हो ।

उनको उपचारका लागि काठमाडौं लैजादैँ गर्दा बाटोमै मृत्यु भएको थियो । भदौ १० गते मृत्यृु भएका उनको स्वाब संकलन गरी परीक्षणका लागि जनकपुर पठाइएको थियो । परीक्षण पश्चात उनको रिपोर्ट पोजेटिभ आएको खबर समाचार पत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot